नेपालको एकिकरण,प्रजातान्त्रिकरण र आधुनिकिकरणको प्रतेक मोडमा नेपाली जनता र राजा दुबै मिलेर निर्णायक भूमिका खेलेको ईतिहास साक्षी छ । यो सत्यलाई मनन गरी चुनाबमा मतदान गरौ ।
Saturday, November 11, 2017
३ पटक सम्म प्रधानमन्त्री भएका पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन
काठमाडौं
लामो समयदेखि क्यान्सरबाट पीडित नेता कीर्तिनिधि विष्टको निधन भएको छ। ९१ वर्षीय विष्टको ज्ञानेश्वरस्थित निवासमा शनिबार बिहान निधन भएको हो। २०२५ देखि २०२६, २०२८ देखि २०३० र २०३४ देखि २०३६ गरी पञ्चायतकालमा तीनपटक प्रधानमन्त्री भएका विष्ट पछिल्लोपटक राजा ज्ञानेन्द्रले शासन हातमा लिएपछि मन्त्रीपरिषदको उपाध्यक्ष भएका थिए।
२५ चैत २०२५ देखि ३१ चैत २०२६ सम्म पहिलो पटक प्रधानमन्त्री भएका विष्ट दोस्रोपटक १ वैशाख २०२८ देखि १ साउन २०३० सम्म प्रधानमन्त्री बने। तेस्रो पटक ३० वैशाख २०३४ देखि १६ जेठ २०३६ सम्म प्रधानमन्त्री भएका थिए। १९ माघ २०६१ मा राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि विष्ट मन्त्रीपरिषद उपाध्यक्ष भएका थिए। त्यसयता भने उनी सक्रिय राजनीतिबाट बिदा भएका थिए।
गोरखाको खोप्लाङबाट विष्टका पुर्खा काठमाडौं बसाईँ सरेका थिए। वि.स. १९८३ मा काठमाडौंको वटुमा पिता चन्द्रनिधि र माता धनकुमारीको कोखबाट विष्टको जन्म भएको थियो। राजनीतिज्ञ डिल्लीरमण रेग्मीको संगतबाट राजनीतिमा सरिक भएका विष्टले नेपाली राष्ट्रिय काँग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका थिए। जहानियाँ राणा शासनविरुद्ध २००७ सालमा भएको क्रान्तिमा सक्रियतापूर्वक सहभागी भएका विष्टले २०१७ सालमा राष्ट्रिय कांग्रेस त्यागे र पञ्चायती राजनीतिमा सक्रिय भए। पञ्चायत ढलेपछि राजनीतिबाट टाढा भएका विष्टले ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पुनः मन्त्रिपरिषद् उपाध्यक्ष बन्ने अवसर पाए।
२५ असार २०३० मा भएको आगलागीमा सिंहदरबार ध्वस्त भएपछि कीर्तिनिधि विष्टले नैतिकताका आधारमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। राजा वीरेन्द्रले राजीनामा नदिन भन्दाभन्दै पनि उच्च नैतिकता देखाउँदै उनले पद छोड्नुलाई नेपाली राजनीतिमा उदाहरणीय मान्छन् राप्रपा प्रजातान्त्रिकका नेता केशरबहादुर विष्ट।
विष्ट भन्छन्न, ‘उहाँमा सत्तालिप्सा भन्ने कुरा थिएन। पदमा त जो पनि पुग्न सक्छन् तर त्यो पदको गरिमा र महत्ववोध उहाँमा थियो।’
पहिलोपटक प्रधानमन्त्री हुँदा २०२७ सालमा उनले चीनसँग सीमा जोडिएको नेपाली भूभागबाट उनले भारतीय सेनालाई फिर्ता पठाउनुलाई पनि केशरबहादुर राष्ट्रियता र राष्ट्रिय स्वाभिमान उठाउने कदम मान्छन्। भारतले नेपालको पूर्वी ओलाङचोङगोलादेखि पश्चिम टिंकरसम्म सुरक्षा चेकपोष्ट राखेको थियो। उनी प्रधानमन्त्री हुँदा कूटनीतिक पहल गरेरै उनले ती सबै भारतीय चेकपोष्ट हटाएका थिए।
‘चीनसँगको सीमामा भारतीय फौजको स्टेसन थियो, भारतीय फौजको चेकपोस्ट उहाँले हटाउनुभयो’, उनी भन्छन्, ‘आफ्नो सीमामा आफ्नै फौज बस्नुपर्छ भन्ने मान्यता उहाँको थियो।’

Subscribe to:
Comments (Atom)
वीरगन्जमा एक अर्ब लगानीमा चारतारे होटल
वीरगन्ज : मुलुकको आर्थिक राजधानीका रूपमा चिनिएको वीरगन्जमा एक अर्ब रुपैयाँको लगानीमा चारतारे होटल सञ्चालनमा आएको छ। वीरगन्ज महानगरपालिका–१० ...
-
नेपालको एकिकरण,प्रजातान्त्रिकरण र आधुनिकिकरणको प्रतेक मोडमा नेपाली जनता र राजा दुबै मिलेर निर्णायक भूमिका खेलेको ईतिहास साक्षी छ । यो सत्यला...
-
काठमाडौं । सरकारले सूचना प्रविधि सम्बन्धि बिधेयक २०७५ संघिय संसद्को प्रतिनिधि सभामा प्रस्तुत गरेको छ । विधेयकले सामाजिक सञ्जाललाई सरकारलाई ...
-
मुम्बई । चर्चित बलिउड अभिनेता नाना पाटेकरकी आमा निर्मला पाटेकरको मङ्गलबार निधन भएको छ । उनको ९९ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यहर...