Shekhar Lama

Wednesday, February 20, 2019

वीरगन्जमा एक अर्ब लगानीमा चारतारे होटल

वीरगन्ज : मुलुकको आर्थिक राजधानीका रूपमा चिनिएको वीरगन्जमा एक अर्ब रुपैयाँको लगानीमा चारतारे होटल सञ्चालनमा आएको छ। वीरगन्ज महानगरपालिका–१० आदर्शनगरस्थित पुरानो बसपार्कछेउमै होटल दियालो एन्ड लर्ड्स प्लाजा सञ्चालनमा आएको हो।
चारतारे होटल होटल दियालो एन्ड लर्ड्स  प्लाजा

कांग्रेस नेता एवं पूर्वसांसद तथा उद्योगपति अनिल रुंगटा, विशाल पटवारी र निर्मल गुप्ताको लगानीमा खोलिएको चारतारे होटलको बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। वीरगन्ज महानगरकै मुख्य केन्द्र आदर्शनगरमा खुलेको चारतारे होटल भारतमा मुख्यालय रहेको लर्ड्स  ग्रुपको फ्रेन्चाइजमा सञ्चालनमा ल्याएका हुन्।

१० तले भवनमा सञ्चालनमा ल्याइएको होटल दियालो एन्ड लर्ड्स  प्लाजामा पूर्ण वातानुकूलित ६० वटा कोठामध्ये चार स्विट र ५६ वटा डिलक्स रुम छन्। यसैगरि होटलमा दुइटा रेस्टुरेन्ट, एउटा बार, दुइटा ब्याङ्केट हल, स्विमिङ पुल, जिम हल पनि रहेको होटलका सञ्चालक अनिल रुंगटाले जानकारी दिए।

वीरगन्ज आर्थिक एवं औद्योगिक नगरीका साथै मुलुककै मुख्य प्रवेशद्वार पनि रहेकाले उद्योगी व्यापारी तथा पर्यटककका लागि लक्ष्य गरी होटल सञ्चालनमा ल्याइएको सञ्चालक विशाल पटवारीले बताए।

‘वीरगन्ज देशकै आर्थिक राजधानी हो। यो प्रदेश २ को एक मात्र महानगर पनि हो। तर, यहाँ तीनतारेभन्दा सुविधासम्पन्न ठूला होटल नभएकाले हामीले चारतारे होटल सञ्चालनमा ल्याएका हौं’, उनले भने, ‘यो होटल निर्माणमा मात्रै करिब चार वर्षको समय लाग्यो, अझैं पनि अन्य भौतिक संरचना थपिरहेका छौं।’

उद्योगपति एवं कांग्रेस सांसद विनोद चौधरीले नेपालकै मुख्य प्रवेशद्वारमा रहेको वीरगन्जमा सञ्चालनमा ल्याइएको होटल दियालो एन्ड लर्ड्स प्लाजाले नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने बताए।

वीरगन्जमै अर्का उद्योगपति सुनिल खेतानको लगानीमा अर्को चारतारे होटल निर्माण कार्य जारी छ। भारतमा मुख्यालय रहेको क्र्लाक्स ग्रुपको फ्रेन्चाइजमा गण्डकमा अर्को चारतारे होटल निर्माणाधीन छ।

उद्घाटन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्धी, पूर्वपरराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महत, पूर्वमन्त्रीहरू फर्मुल्लाह मन्सुर,एनपी साउद, सुरेन्द्र चौधरी र अजय चौरसिया, सांसद प्रदीप गिरी, विनोद चौधरी र उमेश श्रेष्ठ, कांग्रेस केन्द्रीय सदस्य रमेश रिजाललगायत उपस्थित थिए।

सामाजिक सञ्जाल बन्द गर्नसक्ने गरि बन्यो विधेयक

काठमाडौं । सरकारले सूचना प्रविधि सम्बन्धि बिधेयक २०७५  संघिय संसद्को प्रतिनिधि सभामा प्रस्तुत गरेको छ । विधेयकले सामाजिक सञ्जाललाई सरकारलाई मन नपरेको बेला बन्द गर्नसक्ने व्यवस्था गरेको छ ।

विधेयकमा नेपालमा दर्ता नभएका कुनै पनि सामाजिक सञ्जाल सरकारले बन्द गराउने सक्ने व्यवस्था गरेको छ । यो विधेयकले ऐनको रुप पाएपछि हाल नेपालमा सञ्चालित विदेशी सामाजिक सञ्जालहरु, फेसबुक, यूट्युब, इंस्टाग्राम, ट्वीटर, व्हाट्सएपले नेपालमा दर्ता गर्नुपर्ने हुन्छ ।

यदि यी सामाजिक सञ्जालहरु नेपालमा दर्ता हुन आएनन् भने सरकारले बन्द गर्न सक्नेछ । सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमप्रति निकै असन्तुष्टि देखिएको वर्तमान केपी ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बद गराउनकै लागि यो विधेयक ल्याएकोसमेत विश्लेषकहरु बताउँछन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा संचार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सो विधेयक प्रस्तुत गरे । विधेयक प्रस्तुत गर्दै मन्त्री बास्कोटाले संविधानको धारा ५१ को खण्ड च अनुसार सुचना प्रविधिको बिकाश र सर्वसाधारणको पहुच वृद्धि गर्न लगायत विभिन्न समयका सूचना प्रविधि सम्बन्धि नीतिलाई एकिकृत गरि कानूनी बैधता दिन बिधेयक ल्याउनु परेको बताए ।


सूचना प्रविधिको विकास तथा प्रवद्र्धनको सम्बन्धमा आवश्यक व्यवस्था गर्न बनेको विधेयकले सूचना प्रविधिको दुरुपयोगले समाजमा पर्न सक्ने नकारत्मक असरलाई कम गर्दै विकास र सम्वृद्धिको यात्रालाई सहयोग होस् भनेर बिधेयक ल्याइएको भनिएको छ । पछिल्लो समय सामाजिक संजाल तथा डिजिटल प्लेटफर्म अनलाइन ,पोर्टल, ब्लगलाई समेत सामाजिक हितमा प्रयोग हुनसक्ने गरि नियमन गर्न बिधेयक ल्याइएको पनि मन्त्रि बास्कोटाले बताए ।

बिधेयक प्रस्तुत गर्नु अघि नेमकिपाका संसद प्रेम सुवालले बिरोधको सूचना दिदै सूचना प्रविधिको क्षेत्रमा हुने लगानी बन्द गर्नु पर्ने बताएका थिए । सांसद सुवालले सुचनाको सुरक्षा नहुने गरि बैदेशिक लगानी भित्राउनु नहुने बताए । यस्तै सामाजिक संजालमा नियन्त्रण हुन सक्ने विभिन्न मिडियाहरुमा आएको बिषय के हो भनेर पनि बिधेयक स्पष्ट हुनुपर्ने बताए ।

सांसद्को प्रश्नको प्रत्युत्तरमा मन्त्रि बास्कोटाले समाजमा अनुशाशन कायम राख्न र सूचना प्रविधिको दुरुपयोग रोक्न केहि नियमनको ब्यबस्था गर्नु परेको बताए ।  सूचना प्रविधि सही प्रयोग गर्न जान्नेका लगि बरदान र गलत प्रयोग गर्नेका लाग बरबादी भएको भन्दै बरबादीलाई नियन्त्रण तथा बरदानलाई सुरक्षित गर्न ऐन आवश्यक भएको स्पष्ट पारे ।

बिधेयकमा विद्युतीय स्वरूपमा रहेको वैयक्तिक सूचनाको गोपनीयता भंग गर्न नहुने, सूचना सुरक्षाको प्रत्याभूति गर्नुपर्ने, सुरक्षा मापदण्ड अवलम्बन गर्नुपर्ने, कम्पनीहरूले वार्षिक सुरक्षा परीक्षण गर्नुपर्ने, डाटा केन्द्र तथा क्लाउड सेवा सञ्चालन गर्न इजाजत लिनुपर्ने व्यवस्था गरेको छ । सूचना प्रविधिको माध्यमबाट भएका कसूरहरूको सुरु कारबाहीका लागि प्रत्येक प्रदेशमा कानुन सदस्य, सूचना प्रविधि सदस्य र वाणिज्य सदस्य भएको तीन सदस्यीय सूचना प्रविधि न्यायाधिकरण गठन गर्ने व्यवस्था गरिएको छ ।

घुस लिने चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन जेल सजायको फैसला

बेइजिङ । चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन काराबासको सजाय दिने फैसला भएको छ ।

भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उनलाई यसअघि नै पदच्यूत गरिसकेको चिनियाँ सरकारी सञ्चारमाध्यमले बुधबार जनाएको छ ।


चिनियाँ सरकारी सेनाको सर्वोच्च पदमा सन् २०१२ मा नियुक्त हुनु भएका फाङ फेङघुई अहिले कारबाहीमा परेका हुन् । उनलाई सन् २०१७ को अगष्टमा जिम्मेबारीबाट हटाइएको थियो ।

सैन्य अदालतले नै उनलाई दोषी ठहर गर्दै आजीवन जेल सजायको फैसला गरेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीनमा भ्रष्टाचार लामो समयदेखि देशका लागि ठूलो समस्या बनेको छ । भ्रष्टाचारविरुद्धका अभियानहरू चलाइएका छन् भने हजारौँ सरकारी उच्च अधिकारी कारबाहीमा परेका छन् ।

भद्रगोलको जिग्रीकी आमा किन रुदै आइन् मिडियामा

काठमाडौँ । पछिल्लो समयको सर्बाधिक चर्चित हाँस्य टेलिसिरियल भद्रगोलकी माकुरी अर्थात् रश्मि पाण्डे मिडियामा आएकी छिन्।


उनी आफू चर्चामा रहेपनि खासै मिडियामा देखिएकी थिईनन्। उनी मिडियामा आएसंगै उनको वास्तबिक कहानीहरु बाहिर देखिएको छ।उनको २ ओटी आमा छिन् भने बुबाले पनि उनको परिवारलाई छाडेर कान्छीसंग बस्ने रश्मी बताउँछिन्।

भाद्रगोलामा आउनु भन्दा अगाडी उनले लोकदोहोरीमा निकै छलाङ्ग मारेकी थिईन्। उनको पारिवारिक समस्याको कारण पछिल्लो समय खासै पर्दामा आउन सकिनन्।

केहि समय अगाडी बच्चा भएसंगै उनि आफ्नो सन्तानलार्इ हुर्काउन थालिन्। सन्तान ठुलो भएपछि उनी अहिले भने फेरि चलचित्रदेखि मिडियासम्म देखिएकी छिन्।

(भिडियो सहित)
https://youtu.be/cglWwfMKPh4?t=6

सिनियर दिदी’लाई ‘फ्यूचर वाइफ’ बनाउने सपना आयुष्मानको

हिजो प्रियंका उनकी ‘दिदी’ थिइन्, आज ‘प्रेमिका’ भएकी छन् । आयुष्मान खुशी छन् । होइन, दुवै खुशी छन् । स्कुलकी ‘सिनियर दिदी’लाई ‘फ्यूचर वाइफ’ बनाउने सपना आयुष्मानले बुनिसकेका छन् । बजारमा छताछुल्लै छ उनीहरुको प्रेम कहानी । अनिल यादवले भ्यालेन्टाइन्स डेको छेकोमा यी दुईलाई पछ्याएर तयार पारेको सामग्री ।
सन् २०१७, मार्च ६ तारिखमा एक युट्युब च्यानलमा अपलोड भएको अन्तरवार्तामा अभिनेता आयुष्मान देशराजले अभिनेत्री प्रियंका कार्कीलाई ‘दिदी’ भनेर सम्बोधन गरे ।


फिल्म ‘कथा काठमाडौं’को घोषणाका बेला दिएको त्यस अन्तरवार्तामा उनले अभिनेत्री प्रियंका कार्कीसँग एकै चलचित्र खेल्ने आफ्नो चाह पटक–पटक व्यक्त गर्दै भने, ‘प्रियंका दिदीसँग स्क्रिन सेयर गर्ने चाहना थियो ।’

दुवै पहिलोपल्ट फिल्म ‘कथा काठमाडौं’मा स्क्रिन सेयर गर्दै थिए । पर्दामा प्रेमी–प्रेमिकाका रुपमा देखिने फिल्मी पण्डितहरुको आँकलन फ्लप भयो । दुवै पर्दामा हैन, वास्तविक जीवनमै प्रेमी–प्रेमिकाका रुपमा उदाए ।

उनले जसलाई दिदी भनेर सम्बोधन गर्थे, अहिले आयुष्मानलाई रिस उठाउने शब्द त्यही हुने गरेको छ । तर वास्तविकता यही नै त हो ! हिजोकी ‘दिदी’ आज उनको प्रेमिका छिन् । सम्बोधन मात्रै हैन, उमेरले पनि आयुष्मान ५ वर्ष कान्छा नै छन् प्रियंकाभन्दा ।

आफ्नो सम्बन्ध पहिल्याउन धेरै कसरतसमेत भएन फिल्मी बजारमा । दुवैले सहजै सार्वजनिक गरेका थिए । यी दुवैको सम्बन्धका आयाम केही लुकेको पनि छैन । बजारमा छताछुल्लै छ उनीहरुको प्रेम कहानी ।
उनीहरुको लभस्टोरी खोतल्ने क्रममा उनीहरुको प्रेमलाई ‘दिदी–भाइ’ या ‘जोडी सुहाएन’जस्ता प्रतिक्रिया आउने गरेको प्रश्न तेर्स्याउँदा आएको दुवैको भावले देखायो– आखिर यो शब्दले कति चिढिएका रैछन्, दुवै ।
‘मैले कहिले पनि आफूलाई उमेरसँग दाँजेर हेरेकै छैन । यो उमेरको कुरा पनि होइन, सोचाइ र दृष्टिकोणको कुरा हो,’ आयुष्मान थोरै रिसाएर बोले, ‘जोडी सुहाएन भन्नेहरुको भित्तामा हाम्रो फोटो हाल्नुपर्ने होइन नि ! सुहाओस्/नसुहाओस् के अर्थ ?’ प्रियंकाले त्यसमै थपेकी थिइन्, ‘हो, उनीहरुलाई सुहाउनुपर्दैन क्या !’

स्कुलकी सिनियर, अहिले प्रेमिका
यी दुवै विद्यालय तहदेखिकै परिचित हुन् । दुवैको स्कुले शिक्षा रातो बंगला स्कुलमा सक्किएको हो । स्कुलमा प्रियंका आयुष्मानभन्दा पाँच कक्षा सिनियर थिइन् । आयुष्मानका अनुसार उनी पाँच कक्षामा पढ्दा प्रियंकासँग जम्काभेट भएको रहेछ । प्रियंका १० कक्षामा थिइन् ।
एक दिन स्कुलको एउटा कुनामा प्रियंका रोइरहेका आयुष्मानले देखेछन् । त्यो बेला उनले ‘नरुनुस् दिदी’ भनेर सम्झाउन खोजे । प्रियंकालाई भने त्यस क्षणका बारेमा रत्तिभर सम्झना छैन । आयुष्मान भने उनी रुनुको कारणसमेत थाहा भएको भन्छन् तर कारण खुलाउन चाहँदैनन् ।

‘किन रोएको पनि थाहा छ मलाई तर भन्दिनँ,’ उनले भने ।

चिनजान पुरानै भए पनि यी दुवैको सम्बन्ध त्यत्ति निकट भएन । दुवै आ–आफ्नै तरिकाले अगाडि बढे । प्रियंका टेलिभिजनको पर्दा हुँदै ठूलो पर्दामा जम्न पुगिन् । संयोग आयुष्मान पनि टेलिभिजनको पर्दा हुँदै फिल्मी दुनियामै पुगे र भेट जुराइदियो । र, दुवैको सम्बन्ध समेत मोडियो ।

दुवैका पुराना सम्बन्ध
समाजशास्त्री मीना उप्रेती भन्छिन्, ‘संसारमै सेलिब्रिटी भनेको सधैँ तलमाथि भइरहने वर्ग हो । उसको करिअर र जिन्दगी जसरी तलमाथि हुन्छ, त्यसकै प्रभाव सम्बन्धमा पनि पर्न थाल्छ ।’

समाजशास्त्री उप्रेतीले भनेझै प्रियंका र आयुष्मानको जीवन र सम्बन्ध निक्कै उतारचढावपूर्ण नै छ । न प्रियंका आयुष्मानको पहिलो प्रेमी हुन् न प्रियंका नै आयुष्मानको पहिलो प्रेमिका । भोलि दुवैको सम्बन्ध प्रेमी–प्रेमिकाबाट एकतह माथि उक्लिएर श्रीमान्–श्रीमतीमा रुपान्तरण भयो भने प्रियंका आयुष्मानकी पहिली श्रीमती हुनेछिन् तर आयुष्मान प्रियंकाको दोस्रो श्रीमान् ।
आठ वर्षअघि नै प्रियंकाको वैवाहिक यात्रा सुरु भएको थियो, रोचक मैनालीसँग । अमेरिकामा पढ्न गएको बेला उतै कम्प्युटर इन्जिनियरका रुपमा काम गरिरहेका मैनालीसँग उनको भेट भएको थियो । २०१० जुलाईमा भेट विवाहमा बदलियो । विवाहको २ वर्षपछि प्रियंका नेपाल आएकी थिइन् । त्यसको केही महिनामा मैनाली पनि नेपाल आए ।

दुवै नेपालमा रहेको बेला ‘जीवनसाथी’ टिभी कार्यक्रममा वैवाहिक जीवनबारे मज्जाले खुलेर बोलेका थिए ।‘हामीलाई बिहे भएको फिल भएको छैन, ब्वाइफ्रेन्ड÷गलफ्रेन्डजस्तो नै लागेको छ,’ प्रियंकाले त्यो बेला भनेकी थिइन्, ‘उनको इन्ट्रेस्टिङ पर्सानिलिटीका कारण नै म लोभिएकी थिएँ । उहाँजस्तो कामको कदर गर्ने हस्बेन्ड पाउनु मेरो लागि सौभाग्यको कुरा हो ।’

मैनाली कस्ता जीवनसाथी ? भन्ने प्रश्नमा प्रियंकाले लाडिदै जवाफ दिएकी थिइन्, ‘मलाई आँखामा साँचेर राख्नुभा’को छ । योभन्दा बेटर त के हुन्छ र ?’ तर दुबैको वैवाहिक सम्बन्ध तीन वर्षभन्दा अगाडि बढ्न सकेन । दुवै डिभोर्समा सहमत भए । डिभोर्सको कारणमा प्रियंकाले ‘व्यक्तिगत जीवनमा हस्तक्षेप भएको’ दाबी गरेकी थिइन् । मैनाली भने मौन नै रहे ।

रोचकसँग बिहे भएको बेला प्रियंका भर्खर आफ्नो करिअर अगाडि बढाउने प्रयासमा थिइन् । सन् २००५ की मिस टिन विजेता उनको पारपाचुकेपछि फिल्मी करिअरलाई घोडाको गतिमा दौडाइन् ।

‘थ्रि लभर्स’ फिल्मबाट सुरु भएको उनको फिल्मी करिअरमा संख्या थपेको थप्यै गरिन् । त्यसले उनको करिअरलाई नयाँ उचाइ दिन भने खासै सघाएन । यही बेला हास्यविधामा बनेको ‘६क्कापञ्जा’ र ‘६क्कापञ्जा–२’ले भने प्रियंकालाई व्यस्त बनाइदियो ।

मैनालीसँगको सम्बन्धको पूर्णविरामपछि डिभोर्सी प्रियंकाको नाम विवाहित अभिनेता दयाहाङ राईसँग जोडियो । फिल्म ‘झोले’बाट उनीहरुले सँगै स्क्रिन सेयर गरेका थिए, त्यतिबेलै नजिक भएका थिए दुवै । प्र्रियंकालाई अफर आउने फिल्ममा दयाहाङको डिमान्ड गर्ने र दयाहाङलाई अफर आउने फिल्ममा प्रियंकालाई लिनुपर्छ भन्ने मागको ओइरो लागेको खबरहरु सार्वजनिक भए ।

सम्बन्धको गसिपले बजार गर्माएको बेला दुवैले ‘सँगै मिलेर सन् २०१८ मा पोस्ट प्रोडक्सन खोल्ने’ योजना सार्वजनिक गरेर गसिपको झिल्को मिडियामा झोसे तर आगो फैलिएन ।

बेलाबखत चर्चामा छाइरहने बैंकर्स रविना देशराजका जेठा छोरा आयुष्मानको खातामा पहिलो फिल्म ‘चपलीहाइट–२’ प¥यो । ‘हट’ दृश्यहरूले भरिएको फिल्म भए पनि त्यत्ति नजमे पनि आयुष्मान फिल्म पण्डितको नजरमा परे । त्यसैले त फिल्म उत्रिए पनि आयुष्मान चर्चामा रहिरहे । चर्चाको कारण थियो उनी र ‘चपली हाइट–२’ की अभिनेत्री पारमिताराज्य लक्ष्मी शाह बीचको अफेयर ।
अफेयर बजार हल्ला मात्रै थिएन । दुवैले सार्वजनिक रुपमै आफ्नो सम्बन्ध स्वीकारेका थिए । दुवै आफ्नो सम्बन्ध टिकाइराख्न प्रतिबद्ध रहेको बताउँथे ।
एक्कासि शाह र आयुष्मानबीच ब्रेकअपको खबरले फिल्मी बजार गर्मायो । ब्रेकअपको खबर सेलाउन नपाउँदै एक सातामै आयुष्मान र प्रियंकाको प्रेम सम्बन्ध गहिरियो मात्र होइन, गसिपमार्फत् बाहिरियो । प्रियंकाले पारमिताको प्रेम खोसेको आरोपले बजार गर्मायो ।
दुवैको सम्बन्ध टुट्नुको कारणबारे पारमिता नै बोलिन्, ‘सम्बन्ध टुट्नुमा दुवै दोषी’ रहेको भन्दै । भद्र सहमतिमै ब्रेकअपको निर्णय लिएको बताएर आयुष्मानको नयाँ प्रेमयात्रा सहज बनाइदिने प्रयास पारमिताले गरिन् ।

उता पारमिता निकट सूत्रका अनुसार ब्रेकअपको एक हप्तापछि नै प्रियंकासँग आयुष्मानको नाम जोडिदा उनी चकित परेकी थिइन् रे !
आयुष्मानसँगको सम्बन्ध छुटेपछि परमिताले इन्ट्राग्राममा सन्देश पोस्ट गरिन्, ‘आयुष्मान र मैले सधैँका लागि बलियो सम्बन्ध गाँस्ने प्रण गरेका थियौँ तर समयले हाम्रो सम्बन्ध परिवर्तन ग¥यो । आज ऊ मेरो एउटा साथी हो भनेर नकार्न सक्दिनँ ।’

खुलमखुला प्रेम
बजारमा प्रियंका–आयुष्मानको प्रेमलाई ‘मोडर्न’ भनेर टिप्पणी गरिन्छ । छ, पनि त्यस्तै । सेलिब्रिटीहरु आफ्नो प्रेमजीवन हत्तपत्त सार्वजनिक गर्न चाहँदैनन् तर उनीहरु खुलमखुला छन् । आत्मिय क्षणहरु सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिरहेका हुन्छन् । सार्वजनिक कार्यक्रममा ‘लिप–किस’ दिनसमेत हिच्किचाउँदैनन् दुवै ।

दुवैको परिवार उनीहरुको सम्बन्धबारे जानकार छ । दुवैका बाबु मौन छन्, आमा सञ्चारमाध्यममा खुलेर बोल्छन् । न प्रियंकाकी आमालाई छोरीको प्रेमी भेट्न संकोच लाग्छ, न आयुष्मानको आमालाई नै ।

आखिर किन यत्ति धेरै खुलापन ? शुक्रवारकर्मीको जिज्ञासामा प्रियंकाले भनिन्, ‘किनभने मेरो एउटा मात्र ब्वाइफ्रेन्ड छ क्या ! धेरैजना भयो भने गाह्रो हुने हो ‘म्यानेज’ गर्न । एउटा हुँदा लुकाउनुपर्दैन ।’
सम्बन्ध सार्वजनिक हुँदा फ्यान घट्छन् भन्नेमा विश्वास छैन, दुवैलाई । प्रियंका हाकाहाकी भन्छिन्, ‘जो रिसाउँछ, डाहा गर्छ र अन्यथा लिन्छ, त्यो लोयल फ्यान हुनै सक्दैन ।’

भोलि अनिश्चित छ । दुवै आजमा रमाउन चाहन्छन् । आज दुवै प्रेमी–प्रेमिका हुन् । श्रीमान्–श्रीमतीको सम्बन्ध भोलिको हो । के यी दुवैको सम्बन्ध विवाहसम्म पुग्ला ?

दुवैले विवाहको योजना दिमागमा कोरिसकेका छन्, भारतीय क्रिकेटर विराट कोहली र भारतीय अभिनेत्री अनुष्का शर्माकोझैँ सरप्राइजवाला बिहे । तर दुवै यस प्रसंगमा निश्चित छैन । दुवै एक साथ भन्छन्, ‘हामी आजमा रमाउने हो, भोलिको चिन्ता लिँदैनौँ ।’
अझ रोमान्टिक हुँदै प्रियंका थप्छिन्, ‘हाम्रो बिहेबारे कसैले चाल नै पाउनुहुन्न । एक्कै चोटि फोटो सार्वजनिक भएर थाहा पनि हुनसक्छ र कहिल्यै बिहे नहुने पनि हुन सक्छ ।’

विवाह पक्का हुन्छ नि ? यस जिज्ञासामा उनले दार्शनिक उत्तर दिइन्, ‘भोलिको के थाहा, म सुतेर नउठ्न पनि सक्छु !’

गुरुकुल भएन भने यो मेरो अन्तिम काम हो ‘ज्ञ’ – सुनील पोखरेल

काठमाडौँ — ‘सरले हाम्रो फेस्टिभलमा एउटा सेसन चलाइदिनुपर्‍यो ।’ ‘म कम बोल्छु, तिमीलाई थाहा छ ।’ ‘हैन, सर कम बोल्नुहुन्छ तर जति बोल्नुहुन्छ, त्यो एकदमै गहन हुन्छ । विद्यार्थीले सिक्ने मौका पाउँछन्, आइदिनुपर्‍यो, सर ।’
यो संवाद अनामनगरस्थित मण्डला थिएटरका निर्देशक राजन खतिवडा र नाट्यकर्मी सुनील पोखरेलबीचको हो ।

फागुन १३ देखि गर्न लागेको सातदिने अन्तर्राष्ट्रि्रय नाटक महोत्सव तयारीको धपेडीबीच खतिवडा उनका गुरु पोखरेलले ३ वर्षअघि छेवैमा खोलेको ‘ज्ञ’ नाटक घरमा यो अनुरोधसाथ हालैको बिहान आइपुगेका थिए ।

नेपाली रंगमञ्चका हस्ती पोखरेल काठमाडौंको यो कुनोबाट जीवनको अर्को अध्याय सुरु गर्दै छन् । त्यो पनि नेपाली वर्णमालाको अन्तिम अक्षरबाट नामकरण गरिएको नाट्य गृहबाट । यो नाम कसरी रहन गयो ? उनलाई सोधियो । ‘गुरुकुल भएन भने यो मेरो अन्तिम काम हो भनेर,’ उनी भन्छन्, ‘नाम जुराइदिएको चाहिँ कुमार नगरकोटीले ।’



फुलेको कपाललाई चुल्ठी पारेर बाँधेका यी ५५ वर्षे भेट्रान कलाकारका नजर तिखा छन्, उनका हरेक जवाफ नाटकका संवादजस्ता लाग्छन् ।

पुरानो बानेश्वरको एउटा थुम्कोमा पोखरेललेआफ्ना विद्यार्थी र सहकर्मीसँग मिलेर खोलेकोगुरुकुल झन्डै ९ वर्षसम्म चल्यो ।

त्यसले नेपाली नाट्य मञ्चन र प्रशिक्षणमा एउटा भिन्न मानक खडा गर्‍यो । आमकलाकर्मी र नाटकप्रेमीका लागि त एउटा तीर्थस्थलजत्तिकै थियो । पहिले लागूपदार्थ दुव्र्यसनीको अखडा रहेको ठाउँलाई पोखरेल नेतृत्वको टोलीले नाट्य मञ्चको केन्द्रमा रूपान्तरण गर्‍यो । जग्गाधनीले ठाउँ खाली गर्न भनेपछि धेरै राम्रा कुराहरूझैं त्यसको पनि असामयिक अन्त्य भयो । त्यसलाई भत्काउन कोही अघि नसर्दा पोखरेल आफैं अघि बढे घन बोकेर ।

त्यो दिन थियो, २०६८ पुस ३० । त्र जिन्दगीको एक दु:खद दिनको मिति उनी सम्झन चाहँदैनन् ।त्यस घटनाबाट उनी निकै विरक्तिए । केही वर्ष रंगकर्म नै त्यागिदिए । ३–४ वर्ष घरबाहिरै निस्केनन् । ‘त्यो मेरो जिन्दगीको जिरो आवर थियो,’ उनी सम्झन्छन्, ‘घरमा बस्थें, पढ्थें । रक्सी खान्थें, त्यो पनि बिहानैदेखि ।’


गुरुकुलका सुरुका वर्ष संघर्षमा बिते पनिनर्वेजियन कल्चरल फन्डबाट आर्थिक सहयोगआउन थालेपछि राम्रै भरथेग भएको थियो । गुरुकुल र पोखरेल दुवै उचाइमा पुगेका बेला त्यसको अवसान भयो । त्यसको शोकबाट तंग्रन उनलाई लामो समय लाग्यो । भन्छन्, ‘बुटवलमा समेत गुरुकुलखोल्ने योजना बनाएका थियौं । जग्गा मिलिसकेको थियो । अचानक बन्द गर्नुपर्‍यो । त्यसका लागि हामी तयार थिएनौं ।’
मुम्बई । चर्चित बलिउड अभिनेता नाना पाटेकरकी आमा निर्मला पाटेकरको मङ्गलबार निधन भएको छ । उनको ९९ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन । आमाको अन्तिम सास महशुस गर्न नपाएका नानालाई अहिले अर्को पिडा थपिएको छ ।


बलिउड नायिका तनुश्री दत्ताले यौन दुव्र्यवहारको आरोप लगाएपछि पिडामा रहेका नानालाई आमाको अन्तिम संस्कारमा कोही पनि बलिउडका कलाकार नआउँनुले थप पिडा दिएको छ ।
नानाले २७ वर्षको उमेरका विवाह गरेका थिए । उनी २८ वर्षको हुँदा उनका बुवाको मृत्यु भएको थियोे । बाबु गुमाएको पिडा हुँदाहुँदैं नानामाथि अर्को विपत्त आइलाग्यो त्यो थियो उनको जेठो छोरोको मत्यु ।

उनले बिहेको झण्डै तीन वर्षपछि आफ्नो जेठो सन्तान गुमाएका थिए । उनले बलिउडमा थुप्रै चर्चित चलचित्रहरुमा अभिनय गरेका छन । उनका अहिले अर्का एक छोरा छन जो कलाकारीतामा नैं संलग्न रहेका छन ।
मिटुको असरले गर्दा अहिले नाना काम विहिनजस्तैं भएका छन । उनलाई बलिउडमा कसैंले पनि याद गर्न चाहेको देखिएको छैंन । एजेन्सी

‘गोपी’ को तारिफयोग्य विषय – परिपक्व दृश्यभाषाको निर्माण गर्न चुक्यो ।

नेपाली फिल्ममा मौलिकताको ठूलो खडेरी छ । अरुकै कथा टिपनटापन गरेर फिल्म बनाउने प्रवृत्ति हावी छ यहाँ । पुरानै कथाहरुलाई तोडमोड गरेर पर्दामा नयाँ देखाउने प्रयास व्यापक छ । यस्तो परिस्थितिमा एउटा फिल्ममेकरले गाई र गोठमा आफ्नो फिल्मको कथा देख्नु र तिनीहरुकै कथामाथि लगानी गर्नु आफैँमा तारिफयोग्य काम हो, यसमा कुनै सन्देह छैन ।


तर विषय मौलिक र एजेन्डा सान्दर्भिक हुँदैमा फिल्म कहाँ बलियो हुने रहेछ र ! फिल्म समीक्षक हुँदै निर्देशनमा प्रवेश गरेका दीपेन्द्र लामाको पछिल्लो फिल्म ‘गोपी’ हेरेपछि यस्तै महसुस गरायो ।

प्रशस्तै सम्भावना हुँदा पनि परिपक्व दृश्यभाषाको निर्माण गर्न चुक्दा उनले छनोट गरेको तारिफयोग्य विषय फिक्का लाग्छ ।

खासगरी ‘गोपी’ एउटा पात्रको संघर्षको कथा हो । नाम हो– सुधिर उर्फ गोपी (विपिन कार्की), जो पढाइमा अब्बल छ । गोल्डमेडलिस्ट पनि हो ऊ, जसलाई उनका बुबा अमेरिका जाओस् भन्ने चाहन्छन्् तर ऊ मरिगए मान्दैन । उसको चाहना आफ्नै देशमा केही गरौँ भन्ने छ ।

ऊ बैंकबाट ऋण लिएर पार्टनरसिपमा गाईपालन पनि गरिरहेको छ । बिहान–बिहान डेरीमा दूध पु¥याउन जान्छ । दिउँसो कलेज पनि पढाउँछ । सँगैकी ‘ब्याचमेट’ सुजाता (सुरक्षा पन्त) सँग उनको अफेयर पनि छ । तर सुजातामा भन्दा बढी लगाव उनको गाईपालनमा देखिन्छ । यता सुजातालाई गाई पालेको फिटिक्कै मन परेको छैन । व्यंग्य गर्दै ‘गोपी’ भनिरहन्छिन् उनी ।

एकातिर दूधको मूल्य कम, अर्कोतिर लगानी उठाउनै मुस्किल । त्यसमाथि थेग्नै नसक्ने गरी बढेको बैंकको ब्याज । परिस्थिति सुधिरको पक्षमा आउँदैन । समस्यैसमस्याले गाँजेपछि सुधिरको गाईपालन कर्म एक्कासि रोकिन्छ ।

सुधिरका पार्टनर आफ्नो भागको गाई लिएर घर फर्किन्छन् । त्यसपछि, परिवार र प्रेमिकाकै चाहनाबमोजिम उनी अमेरिका जान तयार हुन्छन् । त्यसकै लागि पार्सपोर्ट बनाउन गाउँ जाँदा एक्कासि बीच बाटोमा ठोक्किने केही दृश्यहरुले उनको जीवन लक्ष्य बदलिन्छ ।

घर धितो राखेरै भए पनि गाईपालन गर्ने निर्णयमा पुग्छन् । यसपल्ट ठूलै फार्म खोल्छन् । डुब्छन् या उक्सिन्छन् ? यसकै ‘रिजल्ट’ नै यो फिल्मको अन्त्य हो ।

सारांशमा यो फिल्मको कथा सुन्दा मिठो र मौलिक लाग्छ तर दृश्यभाषामा बुनिँदा कमजोर देखिन्छ । एउटा पात्रमार्फत कुनै मुद्दामाथि बहस गर्ने शैली दृश्यभाषामा नयाँ होइन । हलिउड÷बलिउडमा यो निकै प्रचलनमा छ । बलिउडमा अक्षय कुमारको ‘ट्वाइलेट एक प्रेम कथा’ र वरुण धावनको ‘सुई धागा’ पछिल्ला उदाहरण हुन् यस्ता फिल्मका ।

‘गोपी’मा यसैगरी विपिन कार्कीले किसानका मुद्दा उठाएका छन्, विदेश नगएर स्वदेशमै आत्मनिर्भर बन्न जोड दिएका छन् । तर, फिक्का पटकथा र फितलो निर्देशनका कारण फिल्मको गति सुस्त र अलमलिएको छ ।

बिचौलियाका कारण किसानले श्रमबापतको मूल्य नपाउनु नेपाली समाजको यथार्थ हो । गाईको दूधमार्फत निर्देशकले यो समस्या उजागर त गरेका छन् तर समाधान देखाएका छैनन् । बैंक र इन्सुरेन्स कम्पनीले कसरी ठग्छन्, त्यो पनि देखाएका त छन् तर सतहमा मात्र ।

पात्रको विजय त त्यतिबेला सुन्दर हुन्थ्यो जतिबेला ऊ यी तमाम समस्याविरुद्ध लड्थ्यो र निकास निकाल्थ्यो । तर अन्त्यमा कृषिमार्फत क्रान्तिको कल्पना गर्ने यो फिल्मको प्रमुख पात्र खराब सिस्टमविरुद्ध लड्दैन बरु फिल्मलाई हतारमा सक्न निर्देशक र पटकथाकारले थोपरेको क्लाइमेक्सको द्वन्द्वमा फस्छ ।

पहिलो भागमा जे कारण उनको गाईपालन रोकिएको थियो, त्यसविरुद्ध उसको संघर्ष नदेखिनुले पनि फिल्मलाई कमजोर बनाउन भूमिका खेलेको छ । निर्देशकले जसरी फिल्मको अन्त्य गरेका छन्, त्यसले गाईपालकको सफलता अर्कै बुझाउँछ ।

यो फिल्मको केन्द्रीय द्वन्द्व निर्माणका लागि निर्देशकले जसरी अंकित खड्काको उपकथालाई फिल्ममा राखेका छन्, त्यसले फिल्मको मूल कथामाथिकोे मर्ममै प्रहार गरेको छ ।

फिल्मको स्वाभाविक लय बिगार्नमा अंकित पात्रमार्फत सिर्जित द्वन्द्वको बढी भूमिका देखिन्छ । यसअघि दीपेन्द्रकै पहिलो फिल्म ‘घामपानी’बाट अभिनयका कारण तारिफ बटुलेका अंकितको अभिनय यो फिल्ममा भने अस्वाभाविक देखिन्छ ।

प्रेमिका सुजाता र सुधिरबीचको भिन्न सोच, बाबुको लक्ष्य र छोराको योजना, सरकार र किसानबीचको द्वन्द्व, असल र खराब पात्र । फिल्ममा द्वन्द्वैै द्वन्द्व छ, तर सबै कमजोर । द्वन्द्व आउँछ, आफैं हराउँछ । कुतुहलता निर्माणमा निर्देशकले कुनै मिहिनेतै गर्नु परेको छैन ।

किसानका पीडा र संघर्ष देखाउने दृश्यभाषाले फिल्म सकिँदासम्म दर्शकको मन हुडल्नुपर्ने हो, आँखा रसाउनुपर्ने हो, रुमाल भिजाउनुपर्ने हो । तर ‘गोपी’ले त्यस्तो महसुस गराउँदैन । पात्रको सहारामार्फत संघर्षको कथा भन्ने यस्ता फिल्मले दर्शकको मन छुन नसक्नु दृश्यभाषामा चुक्नु हो । र, दृश्यभाषामा चुक्नु भनेको निर्देशकको असफलता हो ।

‘गोपी’ मसालेदार फिल्म होइन, यसमा कुनै शंकै छैन । तर निर्देशकले फिल्मको बीचबीचमा घुसाउने द्विअर्थी संवाद र अन्तरंग दृश्यले उनको नियतमाथि प्रश्न गर्छ । उनले स्वावलम्बी बनाएर उभ्याएको प्रमुख पात्रले ‘म्वाई’, ‘दूध’जस्ता शब्दलाई द्विअर्थी संवादका रुपमा प्रयोग गर्दा हाँसो त उठ्ला तर निर्देशकको नियत पनि देखाउँछ ।

त्यस्तै, फिल्ममा भेटरेनरी डाक्टरका रुपमा देखापरेकी वर्षा राउत कुनै पनि एंगलले चरित्रका लागि फिट लाग्दिनन् । डाक्टर भन्नेबित्तिकै आँखामा चश्मा हुनैपर्छ भन्नु रुढीवादी मानसिकता हो । फिल्ममा भेटरेनरी डाक्टर हुन वर्षाले पनि चश्माको सहारा लिएकी छिन् । फिल्मको कुनै पनि दृश्यमा उनले नखोलेको चश्मा निर्देशकले ‘लक्ष्मी कहिले काली’ गीतमा नाच्दै गर्दा भने खोल्दिन्छन् । कथाको लय नबिगारी आउने गीतमा उनलाई त्यसरी देख्दा चसक्क बिझाउँछ ।
यद्यपि लामो समय फिल्म समीक्षामार्फत सिनेमाको कलात्मकतामाथि पैरवी गर्दै आएका लामाले फिल्ममा यसरी ‘मसला’ मिसाउलान् भन्ने अपेक्षा थिएन ।

त्यसो त फिल्ममा केही मनछुने दृश्य नभएका होइनन् । विपिनले गाईपालन छाडेको भोलिपल्ट बिहान ४ बजेको उसको मोबाइलमा बज्ने ‘अलार्म’ले नेपाली जनजीवनको ठूलो हिस्सालाई सम्बोधन गर्छ । पासपोर्ट बनाउन गाउँ जाने क्रममा उनले खाजाको सट्टा दूध मगाउने दृश्य उस्तै मार्मिक लाग्छ ।

अभिनयका हिसाबले ‘गोपी’को चरित्रमा विपिन कार्की फिट देखिएका छन् । तर एकपल्ट पछाडि फर्केर उनका फिल्महरु हेर्ने हो भने गोपीमा उनको अभिनय ‘वाह’ लायक देखिन्न ।

फिल्ममा सुरक्षा पन्तको चरित्र स्वाभाविक नलागे पनि उनको अभिनय भने स्वाभाविक लाग्छ । कम दृश्यमा देखिए पनि भोला सापकोटाले अभिनयमार्फत दर्शकको मन जित्छन् । प्रकाश घिमिरे, कमलमणि नेपाल पनि आ–आफ्नो चरित्रमा स्वाभाविक नै देखिएका छन् ।

तर, प्रशस्तै सम्भावना हुँदाहुँदै दृश्यभाषाको कमजोरीका कारण ‘गोपी’ उत्कृष्ट नेपाली फिल्मको दुर्लभ सूचीमा दरिन असफल देखिन्छ । मुद्दा त सहि उठायो तर प्रस्तुति लटरपटर । यद्यपि बजारमा अहिले जस्ता नेपाली फिल्म बनिरहेका छन्, यो तिनीहरुभन्दा माथि छ ।

कृष्ण ओलीले पछारे अनमोल केसी र आँचल शर्मालाई। हेर्नुहोस- कसरी भयो यस्तो ?

काठमाडौं– नेपालमा युटुब चलाउनेहरुको संख्या निकै धेरै छ । पछिल्लो समय शहरी क्षेत्रमा मात्रै हैन, गाउँमा पनि युटुब चलाउने जमात भेटिन्छन् । युटुबमा गीत तथा भिडियोहरुको भ्युज बढाएरै धेरै हिट र भाईरल भएका छन् । बिदेशमा बस्ने नेपालीहरु पनि युटुब भिडियोहरु छानी छानी हेर्छन् ।


यस्तैमा युटुब ट्रेण्डिंगलाई पनि बिशेष रुपमा हेरिन्छ । युटुबको ट्रेण्डिंगमा परेपछि समाचारहरु बन्छन् । बिशेषत फिल्म तथा फिल्मका गीतहरुमा युटुब ट्रेण्डिंगको बढि महत्व देखिएको छ । यसैबिच यतिबेला युटुब ट्रेण्डिंगमा रहेका धेरै भिडियोहरुलाई पछि पार्दै कृष्ण वलि र रुपा वलि सम्बन्धित एक भिडियो ट्रेण्डिंगको ३ नँ मा छ ।

शिशिर भण्डारीको युटुब च्यानल नयाँ नयाँ न्युज नेपालबाट भिडियो आएपछि पिडामा रहेरै पनि भाईरल भएको यो उदाहरणिय जोडीले अनमोल केसीको फिल्म क्याप्टेनको ट्रेलर र दाल भात तरकारीको भिजिट भिषामालाई समेत पछि पारेका छन् । अनमोलको ट्रेलर नेपाल ट्रेण्डिंगको ५ नँ मा छ भने आँचल शर्मा, हरिवँश आचार्य, निरुता सिँह, पुष्प खड्का लगायतको अभिनय रहेको गीत भिजिट भिषामा यतिबेला नँ ४ मा छ ।

कृष्ण ओलीले खुट्टा लगाई अभ्यास गरेको भिडियोले नँ २ को स्थान जमाएको हो । नँ २ मा भदैगोल सिरियल रहँदा भद्रगोललाई पनि उक्त भिडियोले पछि पार्ने सम्भावना छ । कृष्ण ओलीको उक्त भिडियो नेपालमा मात्रै हैन कतारमा पनि ट्रेण्डिंग नँ २ मा छ । युएईको ४४ नँ मा ट्रेण्डिँगमा रहेको भिडियोलाई बिदेशमा रहेका नेपालीहरुले पनि उत्तिकै माया गरेका छन् ।
https://youtu.be/S8w9qcfPuKg

शाहरुखले अहिलेसम हेरेका छैनन् आफ्नै सुपरहिट फिल्म, निकै रहस्यमय छ नहेर्नुको कारण

एजेन्सी। बलिवुड सुपरस्टार शाहरुख खानले अहिलेसम्म पनि आफ्नो डेब्यू फिल्म नहेरेको बताएका छन्।


उनको पहिलो फिल्म ‘दीवाना’ करीब २७ वर्ष पहिला आएको थियो। जुन आफ्नो जमानाको ब्लकबस्टर फिल्म रहेको थियो।


एक अन्तर्वार्तामा शाहरुखले यसको कारण पनि बताएका छन्।
उनले फिल्म शुटिंग गर्दा आफूलाई मजा नलागेमा त्यो फिल्म नहेर्ने गरेको बताए। उनले आफूले फिल्मको लागि हरेक किसिमले मेहनत गर्ने र फिल्म बनाउँदा हरेक प्रोसेसको मजा लिन चाहने बताए। यदि त्यसो नभएमा त्यो फिल्म नहेर्ने गरेको बताए। यही कारणले ‘दीवाना’ पनि नहेरेको उनले बताए।

पछिल्लो उनको फिल्म ‘जीरो’ बक्स अफिसमा असफल भएको थियो। तर पनि उनको स्टारडममा कुनै कमी आएको छैन। अहिले पनि उनीसँग धेरै फिल्मको स्क्रिप्ट रहेको बताइएको छ।

वीरगन्जमा एक अर्ब लगानीमा चारतारे होटल

वीरगन्ज : मुलुकको आर्थिक राजधानीका रूपमा चिनिएको वीरगन्जमा एक अर्ब रुपैयाँको लगानीमा चारतारे होटल सञ्चालनमा आएको छ। वीरगन्ज महानगरपालिका–१० ...